२ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

एमाले सांसद पद्मा अर्याल भन्छिन् : रास्वपा ‘वासिङ मेसिन’ बन्यो

नेकपा एमालेकी संसदीय दलको उपनेता पद्या अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी ‘वासिङ मेसिन’ भएको बताएकी छिन्। बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै अर्यालले सरकारको सय दिनको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै रास्वपाले चुनावअघि उठाएको ‘जान्नेलाई छान्ने’ नाराको विपरीत काम गरेको बताइन्।  

‘रास्वपाले जान्नेलाई छान्ने नारा लगाएको थियो। तर, व्यवहारमा जान्नेलाई फाल्ने र आफ्नालाई छान्ने नीति अपनाएको पुष्टि भएको छ,’  उनले भनिन्।  

अर्यालले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिहरू अध्यादेशमार्फत हटाएर अहिले आफ्ना निकटका व्यक्तिलाई नियुक्ति दिने काम भइरहेको समेत बताइन्। साथै चुनावमा पराजित भएका व्यक्तिहरूलाई समेत धमाधम नियुक्ति गरिएको भन्दै उनले सरकारको सय दिनमाले उसको प्रतिवद्धताबाट टाढा रहेको बताइन्।  

‘पहिले गलत देखिएका र भनिएका व्यक्ति रास्वपामा पस्नेबित्तिकै सबै ठीक हुने होरु रास्वपा वासिङ मेसिन हो र ?’ उनले प्रश्न गरिन्। 

सुशासनको नारा बोकेको सरकारले व्यवहारमा भने केवल तमासा गरेको आरोप उनको थियो । त्यसैगरी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति उत्तरदायी हुन नसकेको भन्दै  प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन ‘हेलो सरकार’मा निवेदन दिनुपर्ने भन्दै व्यङ्ग्य गरिन्। 

‘के सम्माननीय प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउनका निम्ति हामीले पनि हेलो सरकारमा निवेदन हाल्नुपर्ने हो,’ उनले प्रश्न गरिन्। 

प्रकाशित: २४ असार २०८३ १५:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App