नेकपा (एमाले)को प्रस्तावित विधान प्रतिवेदन पोलिटब्यूरो बैठकमा पेस भएको छ। शुक्रबार (आज) पार्टी मुख्यालय च्यासलमा बसेको पोलिटब्यूरो बैठकमा उपाध्यक्ष विष्णु पौडेलले उक्त प्रतिवेदन पेस गरेका हुन्।
बिहीबार (हिजो) बसेको सचिवालयबाट बहुमतले पारित प्रतिवेदनमा आज पोलिटब्यूरोमा पेस गरिएको हो। प्रतिवेदन पेस गर्दै आजको बैठक सकिएको छ। बैठक पुन: शनिबार (भोलि) ११ बजे बस्नेछ।
प्रस्तावित विधानमा पदाधिकारीको सङ्ख्या १९ बाट घटाएर १५ मा झारिएको छ। चर्चामा रहेको ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था पनि हटाएको छ।
प्रकाशित: २ श्रावण २०८२ १८:०९ शुक्रबार





