२९ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसको इतर पक्षले विराटनगरमा भेला गर्ने

नेपाली कांग्रेसको संस्थापन इतर पक्षले विराटनगरमा कोशी प्रदेश स्तरीय भेला आयोजना गर्ने भएको छ। आइतबार विराटनगरमा आयोजना गरिने भेलाबारे शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो।  

पार्टीभित्र दबाब सिर्जना गर्ने र विशेष महाधिवेशनपछि देखिएका साङ्गठनिक कमजोरीलाई सच्याउन माग गर्दै भेला आयोजना गर्न लागिएको जनाइएको छ। पत्रकार सम्मेलनमा आइतबार बिहान ११ बजे विराटनगरमा आयोजना हुने भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।

कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईका अनुसार उक्त भेलालाई  नेताहरू डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदारले सम्बोधन गर्नेछन्। भेलामा कोशी प्रदेशका १४ वटै जिल्लाका अगुवा कार्यकर्ताको सहभागिता रहने बताइएको छ।

पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउन र नेतृत्वलाई जवाफदेही बनाउन भेला कोशेढुङ्गा सावित हुने कोशी प्रदेशका महामन्त्री राईले विश्वास व्यक्त गरे।

प्रकाशित: ३० जेष्ठ २०८३ २०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App