९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

काठमाडौं जिल्ला अदालतले भेप (विद्युतीय चुरोट) मार्फत भएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

बुधबार न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रारम्भिक प्रमाणका आधारमा महरा तत्काल निर्दोष देखिने अवस्था नरहेको भन्दै उनलाई केन्द्रीय कारागार पठाउन आदेश दिएको हो।

मंगलबार र बुधबार भएको बयान तथा थुनछेक बहसपछि अदालतले महरालाई थुनामा राखेर मुद्दाको अनुसन्धान अगाडि बढाउने निर्णय गरेको हो।

अदालतले आफ्नो आदेशमा महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुखलाई फोन गरेको तथ्य, उनको बयान, उनका छोरा राहुलको बयान र अन्य प्रमाणहरूका आधारमा उनलाई अहिले नै निर्दोष भन्न नमिल्ने उल्लेख गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत आइतबार महरालाई पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढाएको थियो।

उनीविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी कैद सजाय माग दाबी गरिएको छ।

प्रकाशित: २९ आश्विन २०८२ १८:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App