विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूले सभामुख डोलप्रसाद (डिपी) अर्यालको ध्यानकर्षण गराएका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर उनीहरुले संसद्लाई सरकारको कठपुतली बनाउन लागिएको भन्दै ध्यानाकर्षण गराएका हुन्।
सोमबारको बैठकमा बोल्ने समय नै नराखिएको र नीति तथा कार्यक्रममाथि एक दिन मात्र छलफल राखिएकोमा सभामुखसँग आपत्ति जनाएको नेकपा एमाले प्रमुख सचेतक ऐन महरले जानकारी दिए।
उनका अनुसार प्रतिपक्षी दलहरुले सोमबारको बैठकमा आकस्मिक समय माग गरेका छन्। आकस्मिक समय नपाए ढ्यापढ्यापे समय लिएर विपक्षीको तर्फबाट बोल्ने उनले बताए। सोमबारको बैठकमा बोलन नदिए उभिएर बस्ने तर बैठक बहिस्कारलगायतका अन्य गतिविधि भने नगर्ने उनको भनाइ छ।
प्रकाशित: २८ वैशाख २०८३ १२:४५ सोमबार





