नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको घटनालाई लिएर गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानका लागि बोलाउने तयारी गरेकोप्रति आपत्ति जनाएका छन्।
उक्त कदमलाई कानुन विपरीत भन्दै ओलीले सुरक्षा कारबाहीको जिम्मेवारी फिल्डमा खटिने कमाण्डरको हुने तर्क गरे।
‘स्थलमा खटिएका सुरक्षाकर्मीले सरकारी सम्पत्तिको रक्षा र आत्मरक्षाका लागि परिस्थितिजन्य निर्णय गर्ने अधिकार राख्छन्,’ ओलीले स्पष्ट पार्दै भने, ‘त्यसको जिम्मेवारी बोकाएर राजनीतिक नेतृत्वलाई बयानमा बोलाउनु तर्कसंगत र कानुनसम्मत छैन।’
सोही कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले राष्ट्रिय राजनीतिमा संसद पुनःस्थापना आफ्नो पहिलो प्राथमिकता रहेको दोहोर्याए।
उनले राष्ट्रपतिसँगको बैठकमा पनि प्रतिगमनकारी कदम मान्य नहुने र चुनाव नै गराउने भए फागुन २१ गतेका लागि शान्तिपूर्ण वातावरण सुनिश्चित गर्नुपर्ने अडान राखेको जानकारी दिए।
प्रकाशित: १० पुस २०८२ १५:५३ बिहीबार





