नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको नतिजा नआउँदै आफूलाई प्रधानमन्त्रीका रूपमा घोषणा गरेको बन्दै काठमाडाैं महानगरका मेयर बालन शा लक्षित व्यंग्य गरेका छन्।
मंगलबार मदन भण्डारी स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘राजनीतिक निकास र विचार गोष्ठी’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाण्डाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उर्जामन्त्री बीच राजनीतिक सहकार्य गर्ने गरी भएको सहमति प्रति लक्षित गर्दै उनले भने- ‘चुनाव नहुँदै कोही प्रधानमन्त्री बनिसकेका छन्, मान्छेहरूले बनाइसके,’ ओलीले व्यंग्य गर्दै भने, ‘तर हामी चुनाव पर्खिरहेका छौं। चाहे फागुनमा होस्, वैशाखमा होस् वा अर्को मंसिरमा, एमाले जनमतको प्रतीक्षामा छ।’
नयाँहरुको गठबन्धनप्रति आक्रामक देखिएका ओलीले एमालेलाई ‘सिंह’ र अन्य दलहरूको मोर्चालाई ‘स्याल’ को संज्ञा दिए। एमालेको विशाल जनलहर देखेर अन्य दलहरू तर्सिएको उनको भनाइ थियो।
‘एमालेको विशाल आकार देखेपछि उनीहरू एक्लै भिड्न डराउँछन्। अनि तिमी र म मिलौँ भन्छन्,’ ओलीले भने, ‘कुकुर, बाख्रा र स्यालहरू जति नै मिलेर मोर्चाबन्दी गरे पनि सिंहसँग लड्न सक्दैनन्। लोकतन्त्रमा जसले जति घेराबन्दी गरे पनि अन्त्यमा उत्कृष्ट खेलाडीले नै जित्छ।’
अध्यक्ष ओलीले एमालेको ११ औं महाधिवेशनले पार्टीलाई एकताबद्ध र सुदृढ बनाएको दाबी गरे।
उनले महाधिवेशनबाट एमाले नेतृत्व सर्वसम्मत र जनअनुमोदित भएर आएको भन्दै पार्टी भित्रको लोकतन्त्र सुदृढ रहेको जिकिर गरे।
प्रकाशित: १५ पुस २०८२ १६:०९ मंगलबार





