नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अपहरण हुँदा एमालेबाहेक बोल्ने शक्ति देशमा नदेखिएको टिप्पणी गरेका छन्। शुक्रवार एमालेको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
‘देशलाई अप्ठेरोबाट सजिलो तर्फ ल्याउने अभिभारा हाम्रो काँधमा छ। हामी गर्छौँ।
नत्र कसले गर्छ यहाँ?,’ ओलीले भने, ‘अप्ठ्यारो अवस्था आयो, यस्तो अवस्थामा नेकपा एमालेबाहेक बोल्न सक्ने, बोल्ने अर्को कुनै शक्ति नै देखिएन त! डेमोक्रेसीको हरण हुँदा एउटा बहानाबाजी बनाइयो।’
त्रासदीपूर्ण आतंकको परिस्थिति निर्माण गरेर लोकतन्त्र मास्ने र संविधान मास्ने काम भएको ओलीले टिप्पणी गरे। ‘प्रतिनिधिसभा विघटन गरेर, सर्त राखेर अगाडी बढ्ने काम भयो। अर्थात् सुनियोजित ढंगले षडयन्त्र भयो लोकतन्त्रका विरुद्ध, देशका विरुद्ध,’ उनले भने।
प्रकाशित: ४ पुस २०८२ १५:३० शुक्रबार





