मतदाता तथा कार्यकर्तासँगको संवादका लागि नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्रमा पर्ने गौरीगञ्ज गाउँपालिकाका पुगेका छन्।
चुनाव परिचालन समिति गौरीगञ्जका संयोजक गौरीगञ्ज सर्वतलाल राजवंशीका अनुसार अध्यक्ष ओलीले गौरीगञ्ज क्याम्पसमा सर्वसाधारण तथा कार्यकर्ताहरूसँग अहिले संवाद गर्दै छन्। आज दिनभरि गौरीगञ्जका विभिन्न टोल पुग्ने कार्यक्रम अन्तर्गत सबैभन्दा बढी समय ओलीले यहीँ खर्चिएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले खजुरगाछी, देवीगञ्ज, जनताचोक, मल्हाटोली, दिनाभद्री, चिल्हरा, श्याम टोली, छहारी चोक, हरिरा, गौरीगाडाँगी लगायतका बस्तिमा पुगि मतदातासँग भलाकुसारी गरेका छन्। त्यस क्रममा उनले हुलाकी राजमार्ग तथा नयाँ शहरको रूपमा विकास हुँदै गरेको गौरीगञ्ज बजारको अवलोकन पनि गर्ने छन्। शुक्रबारदेखि ओली आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा केन्द्रित भएको बताए।






प्रकाशित: २६ माघ २०८२ १६:२१ सोमबार





-600x400.jpg)