२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

बालेन्द्रलाई ‘बाबु’ भन्दै ओलीले दिए बधाई

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ऐतिहासिक जित हासिल गर्दै निर्वाचित भएका छन्। 

उनले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६ सय १४ मतको विशाल अन्तरले पराजित गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल १ लाख ६ हजार ३ सय ७२ मत खसेकोमा बालेनले ६८ हजार ३ सय ४८ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी ओलीले १८ हजार ७ सय ३४ मत मात्र प्राप्त गरे।

आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएपछि एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत बालेनलाई बधाई दिएका छन्। बालेनलाई तबला उपहार दिएको तस्बिर सार्वजनिक गर्दै ओलीले लेखेका छन्, ‘बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई! तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्– हार्दिक शुभकामना!’

प्रकाशित: २३ फाल्गुन २०८२ २०:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App