नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते संसद् भवनमा आगजनीको प्रयास नभएको भए गोली चल्ने अवस्था नै नआउने दाबी गरेका छन्। नागरिक फ्रन्टलाइनमा कुराकानी गर्दै तत्कालीन प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन्।
‘अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद् भवन)मा आगजनी गर्ने दुश्चेष्टाको त्यो उग्र रूप नभएको भए गोली चल्ने परिस्थिति नै आउँदैन थियो। आउने नै थिएन,’ ओलीले भने, ‘तीमध्ये आह्वान गरेर– हाम्रो प्रदर्शन सकियो। हामी सफल भएका छौँ। अब घुसपैठ हुन थाल्यो। हाम्रो आन्दोलन सिद्ध्यायौँ अब हामी यहीबाट फर्किन्छौ। छिटो फर्कौँ भनेर उनीहरूले माइकिङ गरे, फर्किए।’
त्यसपछि घुसपैठियाले अर्कै खालको भयावह स्थिति बनाएको उनले बताए। उनले भने, ‘त्यो आन्दोलन हाँकेका मान्छे सात दिन त लुकेर बसे। उसमाथि बहुतै धम्कीहरू आए। आन्दोलन लिड गर्ने मान्छेलाई नै धम्क्याएर, त्रसित बनाएर, लुकेर बस्नुपर्ने ठाउँमा पु¥याएर, उपद्रो मच्चाए।’
कुनै पनि संरचना रक्षाका लागि त्यहाँ सुरक्षा प्रबन्ध गरिएको हुने उल्लेख गर्दै ओलीले त्यहाँ सुरक्षा दस्ता राखिएको हुने बताए। ‘त्यसमाथि सुरक्षा गर्न नसकिने गरी हमला भए त्यसमा उनले प्रतिवाद गर्दैन? रक्षाका लागि काम गर्दैन?,’ ओलीले प्रश्न गरे।
प्रकाशित: ९ मंसिर २०८२ १९:११ मंगलबार


-600x400.jpg)


