झापा निर्वाचन क्षेत्र नं. ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। रास्वपाले बालेन साहलाई झापा–५ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो। आजै रास्वपा सभापति रवि लामिछानेलाई झापा-५ को उम्मेदवार बन्ने पत्र थमाएका छन् ।
झापा–५ बाट अध्यक्ष ओली यसअघि लगातार विजयी हुँदै आएका छन्। पुरानो दल एमालेका अध्यक्ष ओली र नयाँ राजनीतिक शक्ति रास्वपाका वरिष्ठ नेता बालेनबीचको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ र यसलाई निकै रोमाञ्चक हुने आँकलन गरिएको छ।
अध्यक्ष ओली उम्मेदवारी मनोनयन दर्ताका लागि झापा पुगिसकेका छन्। यता, रास्वपाका उम्मेदवार बालेन्द्र शाह भने आज जनकपुरमा आयोजित सभामा सहभागी भएर त्यतैबाट झापा जाने भएका छन् ।
प्रकाशित: ५ माघ २०८२ १६:३७ सोमबार



