४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

नेकपाका संयोजक प्रचण्ड र सह-संयोजक नेपालद्धारा शपथ ग्रहण (तस्बिरहरु)

नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेतृत्वले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

पार्टी संयोजकका रूपमा पुष्पकमल दाहाल र सह-संयोजकका रूपमा माधवकुमार नेपालले शपथ ग्रहण गरेका हुन्।

पार्टीका ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंले संयोजक र सह-संयोजकलाई शपथ खुवाएका हुन्। शपथ ग्रहण समारोहमा नेतृत्वले पार्टीको मार्गदर्शक सिद्धान्त, नीति र कार्यक्रमलाई पूर्ण निष्ठाका साथ पालना गर्ने प्रतिबद्धता व्यक्त गरे।

सो क्रममा नेताहरूले पार्टी एकतालाई अक्षुण्ण राख्दै स्वच्छ, मर्यादित र नैतिक जीवनयापन गर्ने प्रण गरेका छन्। साथै, सबैखाले प्रतिक्रियावादी शक्ति, गलत विचार र व्यवहारका विरुद्ध दृढतापूर्वक संघर्ष गर्ने संकल्प समेत शपथमा समेटिएको छ।

तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूको एकीकरण पश्चात नेपाली कम्युनिस्ट पार्टी गठन भएको हो।

शपथ ग्रहण लगत्तै ज्येष्ठ सदस्य प्रसाईंले संयोजक प्रचण्ड र सह-संयोजक नेपाललाई पार्टीको परिचयपत्र समेत हस्तान्तरण गरेका छन्।

शीर्ष नेतृत्वको शपथ सकिएसँगै अब २४९९ जना केन्द्रीय सदस्यहरूलाई शपथ खुवाउने तयारी गरिएको छ। केन्द्रीय सदस्यहरूलाई संयोजक र सह-संयोजकले शपथ खुवाउने कार्यक्रम रहेको छ।

हेराैं तस्बिरहरु, सबै तस्बिर: वियज राई/नागरिक

प्रकाशित: २९ पुस २०८२ १४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App