एमाले प्रवेश गर्दै नेतृ रामकुमारी झाँक्रीले आफूमाथि हुने ट्रोल स्वीकार्ने बताएकी छन् । उनले चार वर्षको अवधिमा जनताको रक्षक एमाले मात्र हो भन्ने बुझेर पार्टी फर्किएको पनि बताइन ।
नेकपा एमालेले आयोजना गरेको घर फर्क राष्ट्रिय अभियानको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा उनले एकताबद्ध भएर जनतामा गए विश्वास पाउने बताइन ।
उनले भनिन्, ‘तपाईँहरूको क्यामेरा मप्रति फर्किरहँदा मलाई थाहा छ । मलाई विगत र अहिलेको हेरेर ट्रोल गर्नुहुन्छ होला। त्यो मलाई स्वीकार्य छ। यो आजको वास्तविकता हो।’
उनले भनिन्, ‘हामी वास्तविकताबाट टाढा हुन सक्दैन। त्यसैले एमाले भर्सेस जेनजी आन्दोलनका स्टेक होल्डरहरू र पीडित पक्षहरूको ध्रुवीकरण भएको छ।’
प्रकाशित: २४ कार्तिक २०८२ १७:३५ सोमबार





