१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ। जिल्लामा रहेका पाँचवटै निर्वाचन क्षेत्रमा आज बसेको सर्वपक्षीय बैठकले सबै निर्वाचन क्षेत्रमा अलगअलग समय तालिका निर्धारण गरिएको जनाएको हो।  

जिल्लामा उम्मेदवार मनोनयनलाई व्यवस्थित र सभ्य बनाउन रुपन्देहीका पाँचवटै निर्वाचन अधिकृतको कार्यालयमा आज आयोजना गरिएका सर्वपक्षीय बैठकले राजनीतिक दल र उम्मेदवारको मनोनयन दर्ताका लागि अलगअलग समय तोकिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत कपिल पौडेलले जानकारी दिए। उनका अनुसार आज बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म राजनीतिक दललाई आलोपालो गरेर मनोनयन दर्ताको समय तोकिएको छ।

निर्धारित समयभित्र सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने स्वतन्त्र वा कुनै पनि राजनीतिक दलका उम्मेदवारको रितपूर्वक आएको उम्मेदवारी दर्ता गरिने जिल्लाम निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: ६ माघ २०८२ ०९:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App