६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मतदाता नामावली संकलनमा अनधिकृत व्यक्तिको पहुँच छैन: निर्वाचन आयोग

फाइल तस्बिर

निर्वाचन आयोगको मतदाता नामावलीमा अनधिकृत व्यक्तिको पहुँच बढेको भन्दै सामाजिक सञ्जालमा बहस सुरु भएसँगै आयोगले यो उक्त व्यक्तिहरूमा मतदाता नामावली नरहेको प्रष्ट पारेको छ। आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आयोग सम्बन्धी आएका दाबीहरूमा ध्यानाकर्षण भएको जानकारी दिएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नागरिकका कानुन बमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिबद्ध रहेको छ। यसका लागि आयोगसँग सम्बद्ध सूचना प्रविधिसम्बन्धी विज्ञहरूले सूचना प्रणालीको निरन्तर अनुगमन गर्ने, सुरक्षा जोखिम विश्लेषण गरी सूचना प्रणाली सुरक्षाका लागि अपनाउनुपर्ने सबै उपायहरू अवलम्बन गर्ने कार्य गरिरहेका छन्।’    

निर्वाचन आयोगको सूचना प्रणालीबाट लिइएको पीडीएफ फाइल निर्वाचनको लागि कानुनी रूपमा निर्वाचन कार्यालय र राजनीतिक दललाई उपलब्ध गराइएका सूचनाहरू भएको बताएको छ।

प्रकाशित: २ मंसिर २०८२ १०:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App