नेपाली कांग्रेसका सांसद् निश्कल राईले आफू दाग बोकेर संसद्बाट बाहिरिन नचाहेको बताएका छन्। सरकारले संसद छलेर ८ वटा अध्यादेश जारी गरेको विषय आपत्तिजनक रहेको उल्लेख गर्दै उनले सरकार संसद्सँग डराएको बताए।
सरकारसँग उनको प्रश्न थियो, 'के यो सरकार संसद् भन्दा माथि हो ?'
सांसद राईले सरकारले बहुमतको आडमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको बताउँदै संसदीय समिति र सांसदहरुको हकमा प्रचलित कानूनहरुले छुन नसक्ने गरी सुप्रिम बनाउन खोजेको आरोप लगाए। अध्यादेश ल्याएर सरकारले संसद्लाई कमजोर बनाउन खोजेको बताउँदै उनले अध्यादेश संसद्को भावना र आवश्यकताअनुसार आउन आवश्यक रहेको बताए। सत्तालाई सहजताको साधन नबनाउन आग्रह गर्दै सांसद राईले हरेक अध्यादेशको दफादफामा सरकारसँग जवाफ खोज्ने बताए।
सांसद राईले सरकारले जारी गरेका हरेक अध्यादेश कानुन विपरित रहेको बताउँदै सुकुम्बासी बस्तीमा डोजर चलाउने निर्णयप्रति पनि आपत्ति जनाए।
प्रकाशित: २८ वैशाख २०८३ १४:२९ सोमबार





