२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

राज्यव्यवस्था समितिको सभापतिमा कांग्रसले न्यौपानेलाई पठाउने

राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापतिमा नेपाली कांग्रेसले ईश्वरीदेवी न्यौपानेलाई पठाउने भएको छ । 

कांग्रेस पदाधिकारी बैठकले समितिका सदस्य समेत रहेका न्यौपानेलाई सभापतिमा पठाउने निर्णय गरेको हो । निजामती विधेयकको कुलिङ अफ पिरियडमा छेडखानी भएपछि रामहरी खतिवडाले राजिनामा दिएपछि एक महिनादेखि सभापति पद खाली भएको थियो । 

कांग्रेसको भागमा परेको सो पदमा न्यौपानेलाई पठाउन लागिएको हो । समितिको सो पदमा सदस्य हृदयराम थानी, दिलेन्द्रप्रसाद बडु समेत आकांक्षी भएपनि कांग्रेसले न्यौपानेलाई पठाउन लागेको हो । 

समिति सभापतिका लागि मंगलबार मनोनयन दर्ता र बुधबार निर्वाचन हुने गरी संसद् सचिवालयले तालिका सार्वजनिक गरेको छ ।

प्रकाशित: १० भाद्र २०८२ १३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App