२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

नेविसंघले दियो बालेन र सुदनविरुद्ध प्रहरीमा उजुरी

नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक तथा जेनजी अभियन्ता सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ।

२४ घण्टाभित्र बालेन र सुदनलाई पक्राउ गरी अनुसन्धानको माग राखेर नेविसंघले आज जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा उजुरी दिएको हो। नेविसंघले उजुरी दिँदै गत भदौ २३ र २४ भएको जेनजी प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडबारे उनीहरूमाथि अनुसन्धान गर्न माग गरेको छ।

उजुरीकर्तामा नेविसंघ केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाह छन्। 

विद्यार्थीहरूलाई आन्दोलनमा आउन उक्साएको, आगजनी र तोडफोड गरेर राष्ट्रिय सम्पदामा क्षति पुर्‍याएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको घटनामा उनीहरूमाथि अनुसन्धान हुनुपर्ने नेविसंघले माग गरेको छ।

प्रकाशित: २६ आश्विन २०८२ १३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App