चितवन–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम सर्वाधिक मतका साथ निर्वाचित भएकी छिन्।
उनले ५९ हजार २७७ मत प्राप्त गरेकी छिन्।
सोविता र उनकी निकटम प्रष्पिर्धी नेकपाकी उम्मेदवार रेनु दाहालबिच ३८ हजार ६६२ मतान्तर रहेको छ। दाहालले २० हजार ६१५ मत पाइन्।
यस्तै, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले ८ हजार ३४४ मत पाए भने नेकपा एमालेका शंकरराज थपलिया ५ हजार ४ मत ल्याए।
प्रकाशित: २३ फाल्गुन २०८२ १४:५७ शनिबार





