झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बालेन्द्र शाह (बालेन) पक्का निर्वाचित भएका छन्।
१ लाख ६ हजार ३७२ मतदान भएको झापा ५ मा ८८ हजार ४४१ मत गणना हुँदा ५५ हजार ९३४ मतसहित बालेन अग्र स्थानमा छन्। दोस्रो स्थानमा रहेका पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले उम्मेदवार केपी शर्मा ओली १५ हजार ४०९ मतसहित दोस्रो स्थानमा छन्।
झापा ५ मा १७ हजार ९३१ मत गन्न बाँकी छ। तर बालेन र ओलीबीचको मत अन्तर ४० हजार ५२५ छ। यस हिसाबले पनि बालेन निर्वाचित हुने पक्का भएको हो।
प्रकाशित: २३ फाल्गुन २०८२ १४:५१ शनिबार




-600x400.jpg)
