२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

कुवेतस्थित नेपाली राजदूतावासले भन्यो: विषादीयुक्त मदिरा सेवनबाट केही नेपालीको मृत्यु, ३५ जना अस्पताल भर्ना

कुवेतस्थित नेपाली राजदूतावासले विषादीयुक्त मदिरा सेवनका कारण केही नेपालीको मृत्यु भएको जनाएको छ। शुक्रबार (आज) साँझ एक विज्ञप्ति जारी गर्दै राजदूतावासले केही नेपालीको मृत्यु भएको जनाएको हो।

यस्तै ३५ जना नेपाली अस्पताल भर्ना भएको पनि जनाएको छ। 'करिब ३५ जना नेपाली नागरिकहरू अस्पताल भर्ना भएको जानकारी प्राप्त भएको छ। निजहरूमध्ये केहीको मृत्यु भएको जानकारी पनि राजदूतावासमा प्राप्त भएको छ भने केहीको गम्भीर अवस्थामा उपचार भइरहेको छ,' विज्ञप्तिमा भनिएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ दूतावासबाट राजदूतलगायत अन्य कर्मचारीहरूले तुरून्त विभिन्न अस्पताल भ्रमण गरी नेपाली बिरामीहरूको अवस्थाका बारेमा जानकारी लिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

'यस सम्बन्धमा दूतावास सम्बन्धित अस्पताल र कुवेतको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रही अस्पतालमा उपचाररत बिरामीहरूको उचित उपचारका लागि निरन्तर समन्वय गरीरहेको छ,' त्यहाँ भनिएको छ।

प्रकाशित: ३० श्रावण २०८२ २१:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App