१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

फागुन २१ को निर्वाचनलाई सफल बनाउन आवश्यक : नेतृ भुसाल

फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य एवं पूर्वमन्त्री पम्फा भुसालले जनताका अधिकतम अधिकारलाई प्रत्याभूति गर्ने संविधान लेखेको दाबी गरेकी छन्। 

माओवादी केन्द्र ललितपुर महानगरपालिका समितिको आयोजनामा आज महालक्ष्मीस्थानमा भएको नेपाल संवत् ११४६ को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान, चियापान तथा भेटघाट कार्यक्रममा उनले यस्तो बताएकी हुन्।

उनले समाजवादी जनक्रान्ति सफल बनाउन जेनजी समूहका नवयुवा पुस्ताले गरेको मागअनुसारको सुशासन र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लैजानुपर्नेमा जोड दिइन्। उनले दशवर्षे जनआन्दोलनमा समेत नभएको विध्वंस जेनजी आन्दोलनमा संविधान र व्यवस्था मास्ने षड्यन्त्रविरुद्ध राष्ट्रपतिले खेलेको भूमिकाले आन्दोलनलाई शान्त बनाएको बताउँदै फागुन २१ गतेको निर्वाचनलाई सफल बनाउन आवश्यक रहेको तर्क गरिन्। 

सो अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहालले मुलुकको अहिलेको परिस्थिति असाधारण र जटिल रहेको उल्लेख गर्दै अप्ठ्यारो परिस्थितिमा पार्टीको भूमिका बढेको बताए। संयोजक दाहालले जेनजी आन्दोलनका माग पनि पार्टीकै माग भएकाले आफूहरूले समर्थन गरेको उल्लेख गर्दै युवाको चाहना र भावनाअनुसार पार्टी रूपान्तरण हुनुपर्नेमा जोड दिए।

प्रकाशित: २ कार्तिक २०८२ ११:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App