१८ जेष्ठ २०८३ सोमबार
image/svg+xml
राजनीति

संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउन लागिएकाेमा नेकपाकाे आपत्ति

फाइल तस्विर

नेपाली कम्युनिस्ट पार्टीले सरकारले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश अगाडि बढाएकोप्रति आपत्ति जनाएको छ।

कार्यसंयोजक समितिको बैठकपछि नेकपाका प्रवक्ता प्रकाश ज्वालाले आफैँले आह्वान गरेको संसद् अधिवेशन आकस्मिक रूपमा स्थगित गरेर अध्यादेश अगाडि बढाउनु संसद्लाई छल्ने सरकारको गैरलोकतन्त्रिक कार्य भएको बताए।

उनले तत्काल संसद्को बैठक आह्वान गर्न माग गरेका छन्। सङ्घीय निजामती, विद्यालय शिक्षा लगायतका कानुन निर्माणमा सरोकारवाला पक्षका आवाज सम्बोधन गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ।

प्रकाशित: १५ वैशाख २०८३ १८:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App