२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

नाउपा विवाद: रञ्जिताले गंगारामलाई सोधिन् स्पष्टीकरण

नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा आन्तरिक विवाद बढेको छ।

पार्टी संरक्षक रेशम चौधरी पक्षधरले अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसहित नरहने गरी अध्यक्षबाट हटाएको घोषणा गरेपछि रञ्जिताले संसदीय दलका नेता समेत रहेका सांसद गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी हुन् ।

श्रेष्ठले बिहीबार पार्टी हित विपरीत तथा विधान र राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान विपरीत कार्य गरेकाले कारबाही किन नगर्ने ? भन्दै चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेकी छिन्।  

उनले अस्वस्थताको कारणले काबु बाहिरको परिस्थिति परी पार्टीको गतिविधिहरूमा पूर्ण रुपमा सक्रिय हुन नसकेको अवस्थामा केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै दलका नेतालाई स्पष्टीकरण सोधेको बताएकी छिन्।

प्रकाशित: १५ श्रावण २०८२ १७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App