राष्ट्रिय युवा संघ नेपालले शनिबार काठमाडौंमा मोटरसाइक र्याली गर्ने भएको छ । देशभक्ति र राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यले शनिबार राजधानीमा मोटरसाइकल र्याली आयोजना गर्न लागेको संघले जनाएको छ ।
दिउँसो १ बजे तीनकुनेबाट सुरु हुने र्याली बानेश्वर, त्रिपुरेश्वर, दरबारमार्ग, कमलपोखरी, ज्ञानेश्वर, एयरपोर्ट हुँदै फेरि तीनकुनेमै पुगेर समापन हुनेछ ।
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले र्यालीले राष्ट्रिय एकता, खरानीबाट समृद्धिको यात्रा र युवाको अग्रणी भूमिकाबारे सशक्त सन्देश दिने विश्वास व्यक्त गरेका छन्।
थेवेका अनुसार, र्यालीमा राजधानीका विभिन्न क्षेत्रका देशभक्त युवाको सहभागिता रहनेछ।
प्रकाशित: २४ आश्विन २०८२ १४:३७ शुक्रबार





