२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा बैठक बस्दै, जलस्रोत विधेयक पेस गरिने

आज राष्ट्रिय सभाको बैठक बस्दै छ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्ने भएको हो। बैठक बिहान ११ः१५ बजेदेखि सुरु हुने छ।

सभाअध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा जानकारी गराउने छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने छन् भने विधायन व्यवस्थापन समितिको सभापति तुलसाकुमारी दाहालले प्रतिनिधि सभाबाट सन्देशसहित ‘जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभासमक्ष पेस गर्ने छन्। 

प्रकाशित: २३ श्रावण २०८२ ०९:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App