१५ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रियसभाको बैठक पाँच मिनेटका लागि स्थगित

राष्ट्रियसभाको बैठक पाँच मिनेटका लागि स्थगित गरिएको छ । 

अध्यक्ष नारायणप्रसाद दाहालले विशेष कारण देखाउदै पाँच मिनेटका लागि बैठक स्थगित गरेको जानकारी दिए । करिब एक घन्टा सञ्चालन भएको बैठक पाँच मिनेटको लागि स्थगित गरिएको हो ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गरेका थिए ।

बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।

प्रकाशित: ३० वैशाख २०८३ १४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App