६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा २२० मत खस्यो

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्यको निर्वाचनमा २२० मत खसेको छ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार ४९ प्रदेशसभा सदस्य र १७१ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी २ सय २० जनाले मतदान गरे। जम्मा मतदाता सख्या २ सय २४ रहेकोमा ४ मत खसेन।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाश देउवा, राप्रपाका प्रदेशसभा सदस्य खेमा बिष्ट, धनपाका प्रमुख गोपाल हमाल र जोशिपुर गाउँपालिका उपाध्यक्ष  रेखा कठरिया मतदान गर्न आएनन्।

महिलातर्फ एक र अन्यमा एक गरी दुई जना सदस्यका लागि भइरहेको निर्वाचनमा ४ जना उम्मेदवार छन्।  

नेपाली कांग्रेस र एमालेको गठबन्धनमा महिलातर्फ एमालेकी लिलाकुमारी भण्डारी र नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट राेजी बस्नेत उम्मेदवार छन‍्।अन्यमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपाका टिकाराम जैशी उम्मेदवारी छन्।

प्रकाशित: ११ माघ २०८२ १५:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App