२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

नरबहादुर कर्माचार्य मेरा अभिभावक र उत्प्रेरक: दाहाल

पुष्पकमल दाहाल। तस्बिर: दाहालको सचिवालय।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट नेता नरबहादुर कर्माचार्य आफ्नो अभिभावक भएको बताएका छन्।

शुक्रबार (आज) काठमाडौंको नाचघरमा आयोजित जनसाङ्गीतिक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्।

‘क. नरबहादुर कर्माचार्यलाई मैले अभिभावक र उत्प्रेरकका रूपमा चिन्छु। जनयुद्धको नेतृत्व गर्ने सन्दर्भमा उहाँले मलाई सधैँ उत्प्रेरणा दिइरहनुहुन्थ्यो। पार्टीमा सँगै काम गर्दा मैले उहाँलाई सरल, इमान्दार, निष्ठावान् र क्रान्तिकारी विचारप्रति अविचलित पाएँ,’ उनले भने।

जनयुद्ध सुरु गर्ने विषयमा कार्यनैतिक मतभिन्नता रहे पनि पछिसम्म कर्माचार्यले आफूलाई अभिभावकत्व प्रदान गरेको दाहालले बताए। 

प्रकाशित: ९ श्रावण २०८२ १८:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App