१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

भ्रष्टाचार, बेथिति र निराशाको अन्त्य गर्न मेरो उम्मेदवारी : बब्लु गुप्ता

निवर्तमान खेलकुद मन्त्री बब्लु गुप्ताले मुलुकमा भ्रष्टाचार, बेथिति र निराशाको अन्त्य गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्।

सिराहा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट आज उम्मेदवारी दर्ता गर्न  लागेका उनले यस्तो बताएका हुन्। उनले यो अभियान व्यक्तिगत स्वार्थका लागि नभई सुशासन, पारदर्शिता, जवाफदेहिता र विकासमुखी राजनीतिका लागि समर्पित हुने जिकिर गरे।

'यो अभियान व्यक्तिगत स्वार्थका लागि नभई सुशासन, पारदर्शिता, जवाफदेहिता र विकासमुखी राजनीतिका लागि समर्पित छ,' उनले सामाजिक सञ्जालमा लेखे, 'भ्रष्टाचार, बेथिति र निराशाको अन्त्य गर्दै नयाँ सोच र नयाँ नेतृत्व स्थापित गर्नु हाम्रो साझा लक्ष्य हो।'

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाबाट उम्मेदवारी दिनका लागि हिजो मात्रै खेलकुद मन्त्रीबाट राजीनामा दिएका थिए।

प्रकाशित: ६ माघ २०८२ ०९:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App