३ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

ज्ञानेन्द्र शाहीको व्यंग्य : जापानको रक्सी कडा रहेछ, खाँदै नखाएको पनि लागेछ!

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले जापानस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभागद्वारा निकालिएको विज्ञप्तिप्रति कटाक्ष गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै शाहीले आफूले गरेको टिप्पणीलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेका हुन्। सम्पर्क विभागले आफूविरुद्ध विज्ञप्ति निकालेपछि सांसद शाहीले गम्भीर आपत्ति जनाएका छन्।

उनले वर्षौँदेखि मनमा लुकाउन खोजेका केही सत्य कुराहरू मुखबाट निस्किएको बताएका छन्। उनले जति लुकाउन खोजे पनि सत्य कहिल्यै नलुक्ने बताए।

शाहीले लेखेका छन्, ‘जापानको रक्सी पनि कडा रहेछ। वर्षौँदेखि मनमा लुकाउन खोजेका केही सत्य कुरा पनि मुखबाट फुत्त निस्किएछन्। जति लुकाउन खोजे पनि सत्य त लुक्दो रहेनछ। सहकारी ठगलाई ठग नै भनिएछ। गाँजडीको ग्याङलाई गाँजडी ग्याङ नै भनिएछ। खराने ग्याङलाई खराने ग्याङ नै भनिएछ। टीओबी ग्याङलाई टीओबी ग्याङ नै भनिएछ।’

शाहीले जापानमा आफूले रक्सी नखाएको बताउँदै थप लेखेका छन्, ‘खाँदै नखाएको रक्सी पनि लागेछ। विश्वभरिका बेरोजगार केटाहरू हो, आज तिमीहरूको डलर तन्नै झर्छ। जति रोस्ट गर्न मन छ गर, जति स्टाटस लेख्न मन छ लेख। आज त कन्टेन्टको कमी छैन, पैसा पनि राम्रै कमाइ हुन्छ। नेपाल जाने भाडा पनि मलाई जुटाइदेऊ है, केटा हो ?’

प्रकाशित: ३ श्रावण २०८३ १२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App