२० असार २०८३ शनिबार
image/svg+xml
राजनीति

बढी पीडितलाई राहत दिन सांसदको माग

संखुवासभाका बाढी पीडितलाई राहत दिन प्रदेशसभा बैठकमा माग गरिएको छ । शनिबारको कोशी प्रदेशसभा बैठकको शुन्य समयमा सांसद राजेन्द्र कार्कीले संखुवासभा सिलिचोङका बाढी पीडितलाई राहत उपलब्ध गराउन माग गरेका हुन् ।  

संखुवासभाको सिलिचोङमा असार १ गते आएको भिषण बर्षाका कारण विभिन्न स्थानमा ठूलो क्षति पुगेको उनले जानकारी गराए  । सांसद कार्कीका अनुसार बाढी पहिरोले  ३७ घर परिवार विस्थापित भएको स्थानिय  कालिका माध्यामिक विद्यालय र  स्वास्थ्य केन्द्रमा क्षति पुगेकाले स्थानिय शिक्षा र स्वास्थ्यबाट बञ्चीत भइरहेको उनको भनाई छ  ।

 ‘बाढी पहिरोबाट पीडित भएकाहरूलाई राहत, क्षतिपूर्ति र विस्थापितको पुनःस्थापना गर्न माग गर्दछु’ उनले भने ।  यस क्षेत्रमा बारम्बार बाढी पहिरोले क्षति पुर्‍याइरहेको बताउँदै उनले गुरुयोजना बनाई दीर्घकालिनरुपमा  व्यवस्थापन गर्न सरकारलाई आग्रह गरे ।  सांसद गीतादेवी रेग्मीले उदयपुर अस्पतालमा आबश्यक भौतिक पूर्वाधार, विशेषज्ञ चिकित्सकको अभावका कारण स्वास्थ्य सेवा प्रभावित भएको बताइन् । 

अस्पताल ५० शैयाको रहेको तर, विरामीको चापले ८० शैयामा सेवा प्रबाह गरिरहनुपरेको उनको भनाई छ ।  लामो समय देखि स्वास्थ्यकर्मीहरूले भत्तासमेत नपाएको गुनासो गर्दै अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले पाउने अतिरिक्त समयको भत्ता उपलब्ध गराउन सरकारसँग माग गरिन् । सांसद कमला थापा मगरले कोशी प्रदेशको आगामी आर्थिक वर्षको बजेट ‘करायो करायो दक्षिणा हरायो’ जस्तो भएको टिप्पणी गरिन्।

मन्त्रालय–मन्त्रालयमा गएर मन्त्रीहरूलाई प्रार्थना गरे पनि आफूले राखेका योजनाहरू एउटै पनि बजेटमा नपरेको उनको गुनासो छ ।  होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीलाई २५ हजार दिएर विदाई गरेर सरकारले संविधानमा रहेको आवासको अधिकारबाट नागरिकलाई बञ्चित गराईरहेको उनको आरोप छ ।  

प्रकाशित: २० असार २०८३ २०:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App