जेन जी पुस्ताको आन्दोलनले उग्ररुप लिएपछि देशभरका अधिकांश सरकारी कार्यालयमा आगजनी भएको छ ।
देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । आगो बलिरहेको बताइएको छ ।
त्यस्तै सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय शीलत निवाससहित राजनीतिक दलका शीर्ष नेताको घरमा आगजनी भएको छ ।
काठमाडौंमा मात्र होइन देशभरका अन्य सरकारी कार्यालयमा पनि जेन जी समूह प्रवेश गरी आगजनी गरेका छन् ।
सरकारी कार्यालयमात्र होइन सञ्चार माध्यमका भवनमा पनि आगजनी भएको छ ।
प्रकाशित: २४ भाद्र २०८२ १९:२४ मंगलबार





