निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेमा प्रवेश गर्नेहरूको लहर बढेको छ। यसै क्रममा झापाको क्षेत्र नं. ५ स्थित दमक ४ बाट ३ सय ५० जनाभन्दा बढी एमालेमा प्रवेशमा प्रवेश गरेका छन्।
बुधबार धरधरे टोलमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न दल परित्याग गरी उनीहरू एमालेमा प्रवेश गरेका हुन्। एमाले प्रवेश गर्नेहरूलाई नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका हुन्।
विगतमा समेत नेकपा एमाले र अध्यक्ष ओलीकै नेतृत्वमा यो क्षेत्रको विकास भएको र आगामी दिनमा पनि उनीबाहेक अरूले विकासको अगुवाइ गर्न नसक्ने ठहर गरी एमालेमा प्रवेश गरेको उनीहरूले बताए।
यसअघि समेत रास्वपाका क्षेत्रीय नेताहरूसहित विभिन्न व्यक्ति एमालेमा प्रवेश गरिसकेका छन्। आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि यस क्षेत्रबाट एमाले अध्यक्ष ओली उम्मेदवार रहेका छन्।
प्रकाशित: १३ फाल्गुन २०८२ १२:१५ बुधबार





