२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

मोर्चाको जनजागरण अभियान आइतबार कैलालीमा हुने

संघीय लोकतान्त्रिक मोर्चाको वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान आइतबार कैलालीमा हुन लागेको छ।

तराई मधेशकेन्द्रित ७ दलिय मोर्चाले देशका विभिन्न ८ स्थानमा गर्ने भनि निर्धारण गरेको जनजागरण अभियान आइतबार कैलालीमा गर्न लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

मोर्चाको जनजागरण अभियानले समसामयिक राजनीतिक अवस्था, मोर्चा गठनको आवश्यक्ता र औचित्यबारे प्रकाश पार्ने उद्देश्य लिएको छ।

कैलालीको कार्यक्रमको समन्वयको जिम्मेवारी नागरिक उन्मुक्ति पार्टीले लिएको छ। मोर्चाको आगामी कार्यक्रम भदौ १६ गते विराटनगरमा जसपा नेपालको समन्वयमा हुने तय भएको छ।

प्रकाशित: २४ श्रावण २०८२ १०:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App