२९ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि मन्त्रीहरूको जवाफ दिने

राष्ट्रिय सभाको बैठक आज दिउँसो १२ः१५ बजे बस्ने भएको छ। बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित ‘विनियोजन विधेयक, २०८३’ माथिको छलफललाई निष्कर्षमा पुर्‍याउने महत्वपूर्ण कार्यसूची तय गरिएको छ। 

कार्यसूचीअनुसार ‘विनियोजन विधेयक, २०८३’ अन्तर्गत विभिन्न मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा रक्षा मन्त्रालयका मन्त्रीहरूले सांसदहरूको जिज्ञासाको जवाफ दिने कार्यक्रम रहेको छ। 

यसैगरी, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा राष्ट्रिय योजना आयोगको सचिवालयसँग सम्बन्धित शीर्षकमा उठेका प्रश्नहरूको पनि सम्बन्धित पक्षबाट जवाफ दिइने कार्यसूची रहेको छ। 

बैठकमा राष्ट्रिय सभा अध्यक्षले ‘विनियोजन विधेयक, २०८३’ अन्तर्गत विभिन्न शीर्षकमा दर्ता भएका खर्च कटौतीका प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्नेछन्। त्यसपछि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८३’ पारित गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। 

यस्तै, अर्थमन्त्री डा वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त अन्य विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा पेश गर्ने कार्यसूची रहेको छ। 

प्रकाशित: २३ असार २०८३ १०:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App