२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्री लम्सालले भने : सुरुङमार्ग शिलान्यासको अभिलेख पुनर्स्थापना गर्छौं

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग शिलान्यासको अभिलेख पुनर्स्थापना गर्ने बताएका छन्। 

सोमबार सुरुङमार्गको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले हराएको शिलालेख खोजेर पुनर्स्थापना गर्ने बताए।

सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। सुरुङमार्गबाट प्रधानमन्त्री ओलीको नामको शिलान्यास शिलालेख हटाइएको आरोप सरकारमाथि छ।

सुरुङमार्गमा राखिएको नयाँ शिलालेखमा मन्त्री लम्सालको नाम लेखिएको छ। शिलालेखमा लेखिएको छ, ‘माननीय पूर्वाधार विकासमन्त्री श्री सुनिल लम्सालज्यूद्वारा नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गको समुद्घाटन सम्पन्न भयो।’

ओलीको नाम हटाएकोबारे मन्त्री लम्सालले मिडियामा आएको जस्तो नभएको बताएका छन्। पूरानो कुराको इज्जत गर्ने बताउँदै उनले भने,‘  टनेल बनाउने बेलामा शिलालेख राखेको ठाउँमा कुनै स्ट्रक्चर आएको त्यसलाई सुरक्षित सडक विभागमा राखिएको रहेछ। पछि जेनजी आन्दोलनमा त्यो भवनमा आगो लागेपछि हराएको रहेछ।’

उनले विगतलाई सम्मान गर्दै त्यसलाई पुनर्स्थापना गर्ने बताए। उनले भने,‘ यो टनेलले धेरै कुरा सिकायो। अब देशैभरी यस्ता टनेल बन्छन्।’

प्रकाशित: ११ श्रावण २०८३ १२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App