१० चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

सञ्चारमन्त्री खरेल र राष्ट्र संघका प्रतिनिधिबिच भेटवार्ता

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विहीबार संयुक्त राष्ट्रसंघका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता गरेका छन्। संयुक्त राष्ट्रसंघकी नेपालका आवासीय संयोजक हन्ना सिंगर, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) की आवासीय प्रतिनिधि क्योको योकोसुका र संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) का प्रतिनिधि जाको डु ट्युइटसँग मन्त्री खरेलले भेटवार्ता गरेका हुन्।  

भेटका क्रममा मन्त्री खरेलले संयुक्त राष्ट्रसंघले नेपालमा पु¥याउँदै आएको सहयोेगप्रति धन्यवाद ज्ञापन गरे। ‘अहिले बनेको सरकार सबै पक्ष, क्षेत्र र वर्गको अनुमोदनप्राप्त सरकार हो,’ भेटका अवसरमा मन्त्री खरेलले भने, ‘आगामी फागुन २१ गते तोकिएको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक गृहकार्य सुरु भइसकेको छ।’ आगामी निर्वाचन सफल बनाउन संयुक्त राष्ट्रसंघलगायत विकास साझेदारहरूको सकारात्मक सहयोगको अपेक्षा पनि मन्त्री खरेलले व्यक्त गरे।  

यस्तै विपद् व्यवस्थापनमा संयुक्त राष्ट्रसंघका निकायहरूले पुर्याएको सहयोगको उच्च प्रशंसा पनि उनले गरे। साथै, डिजिटल रूपान्तरण, मिडिया साक्षरता प्रवद्र्धन, र सुशासन सुधारका क्षेत्रमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमबीच सहकार्य गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।  

भेटमा संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हन्ना सिंगरले हालै नेपाल सरकारले विपद् व्यवस्थापनमा ेखाएको तत्परता र नेतृत्वको प्रशंसा गरिन्। सँगै उनले तोकिएकै समयमा हुने निर्वाचनलाई निष्पक्ष र सफल बनाउन आफ्ना तर्फबाट सकारात्मक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।  

प्रकाशित: २३ आश्विन २०८२ २०:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App