चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएकाे छ।
मोदीले एक्समा उक्त तस्बिर राख्दै ओलीसँगको भेटले हर्षित भएको लेखेका छन्। उनले नेपालसँगको सम्बन्ध र अत्यन्तै गहिरो र विशेष रहेको बताएका छन्।
दुवै प्रधानमन्त्री चीनको तियानजिनमा जारी सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुने क्रममा छन्।
सोही अवसरमा उनीहरूबीच भेट भएको हो।
प्रकाशित: १५ भाद्र २०८२ १८:०५ आइतबार





