१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

काठमाडौंका मेयर बालेन्द्र साह पदबाट राजीनामा दिने तयारीमा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष निर्वाचनमा जाने तयारीमा रहेका छन्।

प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिने भएपछि उनले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिने तयारी भएको स्रोतको दाबी छ।

रास्वपामा औपचारिक रूपमा प्रवेश गरेसँगै बालेन आज पहिलो पटक पार्टीको केन्द्रीय समितिको छलफलमा सहभागी हुने भएका छन्।

यसैबीच बालेनले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेका छन्। बालेन मेयर पदबाट राष्ट्रिय राजनीतिमा प्रवेश गर्न लागेका हुन्। 

प्रकाशित: ४ माघ २०८२ ०८:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App