२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

नयाँ वर्षले पाको अनुभव र नवयुवा ऊर्जाबिचको एक सार्थक ‘सिनर्जी’ सिर्जना गरोस्: अध्यक्ष ओली

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपालका लागि पाको अनुभव र नवयुवा ऊर्जाबिचको एक सार्थक 'सिनर्जी' सिर्जना होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् वा उपलब्धि- २०८२ अब इतिहास भयो। इतिहासको समीक्षा गर्दै र भविष्यलाई नियाल्दै, नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपालका लागि पाको अनुभव र नवयुवा ऊर्जाबिचको एक सार्थक सिनर्जी सिर्जना गरोस्। नयाँ वर्ष २०८३ को सबैमा हार्दिक शुभकामना !’

नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा लिइन्छ। वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदै छ।

प्रकाशित: १ वैशाख २०८३ ०६:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App