नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल पार्टी कार्यालय पुगेका छन्।
जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीले गरेको आगजनी तोडफोडबाट क्षति ग्रस्त भएको पार्टी कार्यालय अवलोकनका लागि उनी पेरिसडाँडा पुगेका हुन्।
उनी आज (मंगलबार) मध्याह्न पार्टी कार्यालय पुगेका हुन्।
सो क्रममा उनले नयाँ र भव्य पार्टी कार्यालय बनाउने घोषणा समेत गरे।
प्रकाशित: ३१ भाद्र २०८२ १२:१७ मंगलबार





