नेकपा (माओवादी केन्द्र) ले जेन–जीका माग पुरा गर्न रास्ट्रपतिबाट भइरहेको पहलमा सुरक्षा निकायले खेलिरहेको भूमिकाको सराहना गरेको छ। माओवादीले बिहीबार विज्ञप्ति जारी गर्दे जेन–जी आन्दोलनलाई शान्तीपुर्णरुपमा रूपमा निकास दिन नेपाली सेना लगायत सुरक्षा निकायबाट भएको पहलको प्रशंसा गरेको हो ।
‘जेन जी पुस्ताले उठाएका मागहरू संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट पुरा गर्न रास्ट्रपतिबाट भइरहेको पहल तथा शान्ति सुरक्षा कायम गर्दै त्यसमा सहजीकरण गर्न नेपाली सेनालगायतका सुरक्षा निकायले खेलिरहेको भूमिकाको सराहना गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ,’ यसमा आवश्यक सहयोग पुर्याउन सबैसँग अपिल गर्दछु।’
प्रतिकूल अवस्थामा पनि भविष्यप्रति आशावादी हुन र विचलित नभई संविधानको रक्षा र लोकतन्त्रका पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दै सबै पक्षलाई संयमता, उच्च सुझबुझ, व्यापक संवाद र शान्तिपूर्णरुपमा निकासका पक्षमा लाग्न पार्टीले आव्हान गरेको छ।
प्रकाशित: २६ भाद्र २०८२ ११:५५ बिहीबार


-600x400.jpg)


