२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

मनिषाले भनिन्ः श्री ५ सरकार र पूर्णिका सरकारको उपस्थिति देख्दा गर्व महसुस भयो

गणतन्त्रसँगै 'राजा' र 'श्री ५ सरकार' लगायतका पदको खासै उल्लेख गरिँदैन। विज्ञप्तिमा ‘श्री ५ महाराजधिराज सरकार’ लेखेपछि केही समय अगाडि पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणीराज पाठकलाई थानामै बोलाएर प्रहरीले सचेत गराएको थियो। 

यस्तैमा चर्चित नायिका तथा बिपी कोइरालाकी नातिनी मनिषा कोइरालाले पूर्वराजा ज्ञानेन्द्रलाई श्री ५ सरकार भन्दै सम्बोधन गरेकी छिन्। ‘आजको शुभारम्भ कार्यक्रममा श्री ५ सरकारसहित थुप्रै विशिष्ट व्यक्तिहरूको उपस्थिति देख्दा गर्व महसुस भयो,’ मनिषाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘हिमानी ट्रस्टद्वारा सञ्चालन गरिएको “स्वदेश फर्क, स्वदेशनै स्वर्ग” भन्ने मूल नाराका साथ सुरु भएको यो अभियान स्वदेशमै उद्योग, व्यवसाय गर्न चाहने युवाहरूलाई समर्पित छ।’

मनिषाले अभियानको प्रारम्भिक चरण पूरा भएको छ तरअब निरन्तर प्रयास आवश्यक रहेको बताउँदै पारस शाहकी छोरीलाई समेत सरकार भन्दै सम्बोधन गरिन्। ‘मेड इन नेपाल’ उत्पादनहरूको प्रवर्द्धन ठुलो स्तरमा गर्नुपर्छ। यस्ता पुण्य कार्यहरू अविचल रूपमा अघि बढ्न आवश्यक छ,’ उनले लेखेकी छिन्, ‘यो सफल र प्रेरणादायी कार्यको लागि पूर्णिका सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु। उहाँको अथक मेहनत, समर्पण र युवापुस्तालाई उत्प्रेरित गर्ने प्रयास साँच्चै प्रशंसनीय छ।’

प्रकाशित: १८ श्रावण २०८२ ०८:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App