२९ मंसिर २०८२ सोमबार
image/svg+xml
राजनीति

जनतालाई लाइसेन्स दिन नसक्नेले इम्बोस्ड नम्बर अनिवार्य गर्नु अर्को अन्याय : सांसद श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद विराजभक्त श्रेष्ठले सरकारको इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयको कडा आलोचना गरेका छन्। यो निर्णयलाई उनले जनतामाथिको अर्को अन्याय र जनभावनाविपरीतको कदमको संज्ञा दिएका छन्।

‘तयारी नै नगरी बलजफ्ती रूपमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णय जनतामाथि गरिएको अर्को अन्याय हो,’ उनले एक्समा लेखेका छन्, ‘नागरिकलाई लाइसेन्स वितरण गर्न नसकेको सरकारले अब पुन: पूर्वाधार, प्राविधिक तयारी र नेपाली भाषा-लिपिको संवेदनशीलता नहेरी जबरजस्ती निर्णय लागू गर्नु जनभावनाविपरीत कदम हो।’

सरकारले आगामी असोजदेखि देशभरका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने निर्णय गरेको छ। यो निर्णयअनुसार असोज एक गतेदेखि सबै यातायात व्यवस्था कार्यालयबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ।

प्रकाशित: ९ भाद्र २०८२ १३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App