२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

महेशले रविलाई भने: जनता झुक्क्याउने नाटक बन्द गर !

नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कलियुगका जेलका भित्ते कृष्णजीको नाटकै–नाटक भन्दै व्यङ्ग गरेका छन्। कृष्ण जन्माष्टमीको दिन शनिबार रुपन्देहीको कारागारबाट नख्खु जेलमा सरुवा भएका लामिछानेप्रति व्यङ्ग गर्दे उनले जनता झुक्काउने नाटक बन्द गर्न चेतावनी दिए। 

रवि लामिछानेले विगतमा गरेका कार्यहरूको विवरण दिँदै बस्नेतले अरूलाई पर्दा ठिक आफूलाई पर्दा बेठिक भन्ने मान्यता लामिछानेले बसाएको आरोप लगाए। ‘कलियुगका जेलका भित्ते कृष्णजीको नाटकै नाटक’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब जनतालाई झुक्काउने र स्टनबाजी गर्ने नाटक बन्द गर कलियुगका जेलका भित्ते कृष्णजी!।’ 

प्रकाशित: १ भाद्र २०८२ ०७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App