३ पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

निकोलस भुसाललाई तत्काल पक्राउ गर्न महेशको उर्दी, नभए युवा संघले पक्रने चेतावनी

नेकपा एमालेका नेता महेश बस्नेतले अभियन्ता डा. निकोलस भुसाललाई तत्काल पक्राउ गर्न सरकारलाई उर्दी जारी गरेका छन्। निकोलसले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको घरमा आक्रमण गर्ने भनेको भन्दै उनलाई तत्काल पक्राउ गर्नुपर्ने भन्दै महेशले उर्दी जारी गरेका छन्। 

‘डा. निकोलस भन्ने एउटा गजेडीले आह्वान गरिरहेको छ–भोलि केपी ओलीको घर आक्रमण गर्ने, रमेश लेखकको घर आक्रमण गर्ने। सरकारले गरेन, हामी गर्छौँ,’ महेशले भने, ‘म यही मञ्चबाट आह्वान गर्छु–यदि प्रहरीले त्यो गजेडीलाई नियन्त्रणमा लिएन भने भोलि राष्ट्रिय युवा संघले माइतीघरमा जानेछ र त्यो गजडीलाई माइतीघरमा ठिक पार्नेछ।’

कोही व्यक्ति आफू र आफ्नो नेतामाथि आक्रमण गर्ने बयान दिन्छ, तर राज्यले सुरक्षा दिँदैन भने आफू प्रतिवाद गर्न पछि नपर्ने पनि उनले बताए। ‘त्यसैले त्यो गजेडी निकोलसलाई अहिल्ये गिरफ्तार गर्न म आह्वान गर्छु, यदि गर्नुभएन भने भोलि राष्ट्रिय युवा संघले माइतीघरमा गिरफ्तार गर्नेछ र नेपाल प्रहरीलाई बुझाउनेछ,’ उनले भने। 

प्रकाशित: १५ कार्तिक २०८२ १७:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App