२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

जेन-जी प्रति आक्रामक महेश बस्नेत: सिंहदरबार जलाउने आतंककारी हुन्

नेकपा एमालेका नेता महेश बस्नेत जेन-जी प्रदर्शन र उत्पन्न परिस्थिति प्रति आक्रामक बनेका छन् । उनले विगतदेखि अहिलेसम्म हेर्दा जेन-जी भनेको आतंककारी भएको देखिएको बताए ।  

उनले भने, ‘जेन-जी भनेको आतंककारी हो । हिजो वाइसिएल आतंकारी थियो । आज जेन-जी आतंकारी । बैंक लुट्ने ठग्ने जेन-जी आतंककारी नै हो । हिजो माओवादीले १० वर्षमा गरेको विध्वंश आज जेन-जीका नाममा दुई दिन मै भयो ।’

उनले नव युवा देशलाई माया गर्ने युवा आतंकवादी नभएपनि जेन-जी नाम लिएका सबै आतंकवादी भएको दावी गरे । उनले भने, ‘हाम्रा साथीहरू जेन-जी आतंकवादी होइन भन्छन् । तर म एक पटक होइन पटक पटक भन्छु जेन-जी आतंकवादी हुन् । जसले सिंहदरबार जलाए, संसद् भवन जलाए । निजी सम्पत्ति तोडफोड गरे ।’

उनले अब टोलटोलमा सुरक्षा समिति बनाएर समाजको सुरक्षा आफैँ गर्नुपर्ने बताउँदै त्यसका लागि एमालेका युवा पुस्ता अघि सर्ने दावी गरे ।  

‘टिकटक, रिल जोसिएर बनाउनेले अहिले मेट्न थालेका छन्, तिनीहरूलाई समातेर ल्याएर कारबाही गर्ने । उपत्यकाका धेरै प्रहरी चौकी ध्वस्त भएका छन् । ती चौकीको निर्माण पुनर्निर्माणको काम अघि बढाउनुछ । त्यसको नेतृत्व पार्टी र पार्टीको युवा संगठनले लिनुपर्छ । यसको थालनी आजैदेखि सुरु भयो,’ उनले भने ।  

सामाजिक सञ्जालमा महेश बस्नेत लुक्यो भन्ने आएको उल्लेख गर्दै आफू अहिले भक्तपुर बालकोटमा रहेको र अब गुन्डु जाने भएकाले आएर मुकाविला गर्न चेतावनी दिएका छन् । 

प्रकाशित: ३० भाद्र २०८२ १६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App