६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मधेस शपथ प्रकरण पार्टीको गल्ती, संघीयताविरोधी काम : अष्टलक्ष्मी शाक्य

फाइल तस्बिर

बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवको शपथ प्रकरणमा पार्टीबाट गलत कार्य भएको उल्लेख गरेकी छिन्। उनले यस्तो कार्य संघीयताको मर्मविपरीत रहेको जिकिर गरिन्।

आइतबार प्रदेश सुशासन केन्द्र, बाग्मती प्रदेशले फेडरलिज्म तथा लोकलाइजेसन सेन्टरसँगको सहकार्यमा आयोजना गरिएको ‘संघीय लोकतान्त्रिक गणतन्त्र : चुनौती र अवसरहरू’ विषयक अन्तरसंवादमा बोल्दै उनले यस्तो बताइन्।

सो अवसरमा पछिल्लो समय देखिएका खराब पक्षविरुद्ध नयाँ पुस्ताले गत भदौमा आन्दोलन गरेको उल्लेख गर्दै त्यसको मर्मअनुसार काम हुनुपर्नेमा जोड दिइन्।

प्रकाशित: १ मंसिर २०८२ ०८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App